Sajhamanch Archive

धनकुटामा बसको ठक्करबाट एक महिलाको मृत्यु

Published: in समाज by .

धनकुटा । धनकुटा नगरपालिका–७ जिरो प्वाइन्टमा बिहीबार बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारीकी ४५ वर्षीया गुना राईलाई बसले ठक्कर दिएको हो ।
राईलाई धरानबाट तेह्रथुम जाँदै गरेको को१ख ४०७४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई आफू सवार बसबाट ओर्लने क्रममा दुर्घटनामा परेकी थिइन् ।

चालकसँगै बस नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
                                                                                                                             कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *