Sajhamanch Archive

निर्वाचन आयोगलाई खबरदारी गर्दै योगेशले भने, तलमाथि गर्न पाइँदैन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का नेता योगेश भट्टराईले हँसिया हथौडा अंकित झण्डा र सूर्य चिन्ह आफ्नो समूहको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउन निर्वाचन आयोग पुगेको जुलुसलाई सम्बोधन गर्दै भट्टराईले बहुमत सदस्य आफूहरुसँग रहेको भन्दै यस्तो बताएका हुन् ।

‘निर्वाचन आयोगले तलमाथि गर्न पाउँदैन, खबरदार,’ उनले भने, ‘यो हँसिया हथौडाका झण्डा, सूर्यको झण्डा हाम्रो हो ।’ उनले संसद् जीवित रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई संसद् बैठक बोलाउन पनि आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *