भेन्टिलेटर के हो ? केयसमा राखेपछि बिरामीलाई बचाउन सकिन्छ ?
Published:
by .कुन अंगले काम गर्न छाड्दा भेन्टिलेटरको आवश्यक पर्छ ?
शरिरका केही अंगमा खराबी भएपछि सपोर्ट सिस्टम वा भेन्टिलेटरको आवश्यकता पर्छ । जस्तैः
फोक्सोः निमोनिया, ड्रगको ओभरडोज, रगत जम्दा, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, सिस्टिक फाइब्रोसिस, फोक्सोमा समस्या, स्नायू रोगका कारण फोक्सोमा गम्भीर क्षती हुँदाको स्थितीमा भेन्टिलेटरको आवश्यकता पर्छ ।
मुटुः अचानक हृदयघात हुँदा
दिमागः ब्रेन स्ट्रोक वा टाउकोमा गम्भीर चोट लाग्दा ।
भेन्टिलेटर कसरी दिइन्छ ?
बिरामीको स्थिती बिग्रनुको कारण के हो त्यसलाई ध्यानमा राखेर भेन्टिलेटरमा राखिन्छ । बिरामीलाई भेन्टिलेटरमा राखेर सबैभन्दा पहिले अक्सिजन दिइन्छ ता कि हावा दबाब बनाउँदै फोक्सोसम्म पुग्न सकोस् । यस्तो निमोनिया हुँदा वा फोक्सोले काम गर्न छाड्दा पनि गरिन्छ । यसको एउटा ट्युब नाक वा मुखमा राखिन्छ भने दोस्रा इलेक्ट्रिक पम्पसँग जोडिन्छ । केही बिरामीलाई निन्द्राको औषधी पनि दिइन्छ ।
जब मुटुले काम गर्न बन्द गर्छ तब त्यसलाई पुनः सुचारु गर्न कोसिस गरिन्छ । त्यसका लागि सिपिआर दिइन्छ । यसले रगत र अक्सिजनलाई पूरा शरिरभरी संचार गर्न सहयोग गर्छ । साथै धड्कन नियमित राख्न बिरामीलाई इलेक्ट्रिक शक पनि दिइन्छ । यसबाहेक औषधी पनि दिइन्छ ।
डायलिसिस पनि लाइफ सपोर्ट सिस्टमको एउटा हिस्सा हो । मृगौला खराब हुँदा वा यसले ८०–९० प्रतिशत काम नगर्दा डायलिसिस गरिन्छ । यसको मद्दतले शरिरमा जम्मा भएको विषालु पदार्थलाई फिल्टर गरेर बाहिर निकालिन्छ । यसका साथै, एक नलीको मद्दतले पानी र पोषक तत्व शरिरमा पुर्याउने गरिन्छ ।
लाइफ सपोर्ट सिस्टमबाट कहिले बिरामीलाई निकालिन्छ ?
दुई स्थितीमा नै बिरामीलाई सपोर्ट सिस्टमबाट हटाइन्छ । पहिलो, जब त्यसमा आशा गरिए अनुसार सुधार नदेखिए र अंगले काम गर्न सुरु गरे बिरामीलाई यसको आवश्यकता पर्दैन । दोस्रो, जब बिरामीमा सुधारको आशा नदेखिए पनि डाक्टरले परिवारको सहमतीमा बिरामीलाई सपोर्ट सिस्टमबाट निकालिन्छ । तर अन्त्यसम्म उपचार जारी रहन्छ ।
Comments