Sajhamanch Archive

बर्खास्तमा परेका मन्त्रीले दिए मुख्यमन्त्री राईलाई धन्यवाद !

Published: (Updated: ) in प्रदेश तह, राजनीति by .

विराटनगर । पदमुक्त गरिएका प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन् ।

प्रदेश सरकारमा काम गर्ने अवसर दिएको भन्दै उनले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका हुन् ।

‘‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा दुई वर्ष १० महिना काम गर्ने अवसर दिनुभएकोमा मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु,’’ उनले शनिबार साँझ फेसबुकमा लेखेका छन् ।

यसअघि, शनिबारै साँझ मुख्यमन्त्री राईले उनलाई पदमुक्त गरेका थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएपछि सरकारबाट निकालिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *