Sajhamanch Archive

काठमाडौं आउँदै चिनियाँ उच्च प्रतिनिधि

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन बसेको उत्तरी छिमेकी चीनका उच्च अधिकारी आज काठमाडौं आउने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेको हो । नेकपा उच्च स्रोत भन्छ, ‘पार्टीमा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री येचौकोको नेपाल भ्रमण हुन लागेको हो ।’

उपमन्त्री येचौकोले नेकपाका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ । तर भ्रमणबारे नेकपा र काठमाडौंस्थित चिनियाँ दूताबासले थप बताएको छैन ।

यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् । भेटहरुमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने बढी चासो राखेकी थिइन् । तर चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *