Sajhamanch Archive

कृषक परिचयपत्रको वितरण थाल्ने निर्णय गर्दै कृषिमन्त्रीले गरिन् पदभार ग्रहण

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले पदभार ग्रहण गरेकी छिन् । आइतबार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।

यसअघि उनी भूमिसुधार मन्त्री थिइन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कृषिमन्त्री बनाएका थिए ।

किसान वर्गीकरण गरेर फागुनदेखि कृषक परिचयपत्र वितरण गर्ने र पशुपन्छीको नश्ल सुधार गर्न कार्यक्रम सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर उनले गरेकी छिन् ।

                                                                                                         अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *