Sajhamanch Archive

४८१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँग संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *