Sajhamanch Archive

अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, राजनीति by .

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् ।

प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् ।

‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने निर्देशित ढंगबाट यो अविश्वासको प्रस्ताव दर्ता भएको छ’, मुख्यमन्त्री राईले भने ।

उनले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताएका छन् । मुख्यमन्त्री राईले विवेक भएका प्रदेश सदस्यहरु भएकाले आफ्नो पद जोगिने विश्वास गरेका छन् । ‘यो सुनियोजित, निर्देशित, चालबाजी, गोटी हो भन्ने प्रदेश सांसदहरुलाई राम्रो थाहा छ’,राईले भने ।

मुख्यमन्त्री राईले यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरुको साथ पाउने आशा गरेका छन् ।

उनले प्रदेश १ मा अब सर्वदलीय सरकार बन्न सक्ने संकेत गरे । ‘यो स्वभाविक र प्राकृतिक जगबाट आएको होइन । त्यसैले प्रदेशसभाको सम्पूर्ण दलहरु छलफल गर्छौ । सबै दलहरु बीचको सहमति बन्छ’, राईले भने ।

मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव पेस गरेपछि दलहरु गम्भीर भएका दाबी गरेका छन् । उनको भनाइ छ, ‘अविश्वासको प्रस्ताव आएपछि सबै दलहरु गम्भीर हुनुहुन्छ । किनकि, यो प्रदेशमाथि नै प्रहार हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *