Sajhamanch Archive

मलाई भेट्न बिहानै आउनु

Published: in गीत/संगीत/मनोरञ्जन, साहित्य, by .

आज मलाई फुर्सद छ
समय छ
जसरी भए पनि
तिम्रो लागि समय निकालेको छु
तिमीलाई भेट्नको लागि
आज तिम्रो र मेरो
पहिलोपटक भेट भएको दिन
ओ ! मेरो प्रियसी
मेरो प्रियतमा
कहाँ छौं ?
के गर्दै छौं यतिखेर ?

मलाई भेट्ने फुर्सद छ तिमीलाई ?
मलाई भेट्न बिहानै आउनु
धर्तीमा उज्यालो नखस्दै आउनु
देउराली भञ्ज्याङ् माथितिर
म त्यतैतिर हुन्छु
म पर्खिरहेको हुन्छु तिमीलाई
जसरी भएपनि
तिमी आउनु मलाई भेट्न !

आज उत्सुक छु
आतुर भएको छु
धेरै दिन भयो है
भेटघाट न भएको पनि
तिम्रो त्यो माया
त्यो तिम्रो स्नेह
तिम्रो ती नसालु आँखाहरु
तिम्रो मुस्कान
मैले अझैसम्म भुल्न सकिरहेको छैन !

त्यो देउराली भञ्ज्याङ् माथि बसेर
हामी प्रेममा डुब्यौ संसार भुलेर
हामी दुबैको गाउँ एउटै थियो
रहरहरु इच्छाहरु एक थिए
एक अर्कालाई भुलेर
त्यो प्रेमको संसारमा रमायौ
त्यो प्रेम ताजा बनाउनु छ आज
याद गर्नु छ ति दिनहरु
तिम्रो लागि भनेर
समय निकालेको छु
त्यसैले मलाई भेट्न बिहानै आउनु है ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *