Sajhamanch Archive

शिवसताक्षीको दूधेमा चासोक तङ्नाम २०७७ मनाइने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम तथा न्वागी पुजा मनाइएको छ ।

शिवसताक्षीको दूध स्थित याक्थुङ नालिफुङ्वा चुम्भोको नव निर्मित भवनको परिषरमा चासोक तङनाम २०७७ मनाइएको हो । चासोक तङ्नाम पौष १५ गते आयोजना गरिएको याक्थुङ नालिफुङ्वा चुम्भो शिवसताक्षीले जनाएको छ ।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई विषेश गरी प्रकृति पूजक मानिने किराँत समुदायले मनाउने गर्दछन् । चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ मा घरमा नयाँ अन्न बाली भित्र्याइसकेपछि प्रकृतिलाई चढाएर भोगचलन गरे विभिन्न किसिमका शारीरिक समस्याहरू नआउने मान्यता किराँत समुदायमा रहको यस वर्ष पनि चासोक तङनामको आयोजना गरिएको नालिफुङ्वा चुम्भोका अध्यक्ष विरबल जवेगुले बताए ।

विगत वर्षहरुमा चासोक तङनाम बृहत कार्यक्रम गरी मनाइए पनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्य नजर गर्दै स्थानीय स्तरको कार्यक्रम आयोजना गरिएको नालिफुङ्वा चुम्भोका सचिव भिम लिवाङले जानकारी दिए । उनका अनुसार कार्यक्रम येवा, साम्वा, विजुवा र सेवा साँवाहरुद्वारा न्वागी पुजामा स्थानीय स्तरमा उत्पादन गरिएका अन्न बालीहरु चढाएर प्रसादको रुपमा ग्रहण गरिने छ ।

आदिमकालमा किराँतीहरूले उत्पादन गरेको विभिन्न अन्नवालीलाई नचढाई खाँदा विभिन्न किसिमका रोगहरू लागेको र पछि चढाएर खाएपछि मात्र सबैको रोग निको भएको ऐतिहासिक तथा सांस्कृतिक मान्यता रहेकाले वर्षेनी अन्नवालीलाई चढाई प्रसादको रुपमा खाएर चासोक तङ्नाम मनाउँदै आएको हो ।

कार्यक्रममा उपस्थित हुँदा लिम्बु जातीहरुले आफ्नो मौलिक तथा सांस्कृति भेषभुषमा उपस्थित भई दिन कार्यक्रमकी संयोजक पवित्रा लिम्बुले आग्रह गरेकी छिन् । उनले विगत वर्षमा चासोक तङ्नाममा देश तथा विदेशमा रहेका नेपालीहरुको गर्नु भएको सहयोगलाई सम्झाना र सम्मान गर्दै यस वर्षको कार्यक्रम मनाइने बताइन् । यो चासोक तङ्नाम आदिम कालदेखि मनाइदै आएको र मौलिक तथा सास्कृति पर्व भएकाले पनि तागेरा निङवाभुमाङले सबै नेपालीहरुको कल्याण गर्ने विश्वास गरिएको संयोजक लिम्बुको भनाई छ ।

कार्यक्रममा लिम्बु जातीका मौलिक तथा सांस्कृति च्याब्रङ, धान नाच जस्ता नाचहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । कार्यक्रम याक्थुङ नालिफुङ्वा चुम्भा शिवसताक्षीको आयोजनामा हुन लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *