Sajhamanch Archive

घैलाडुब्बा र माईधारमा माछापुच्छ्रे बैंकको उपशाखा विस्तार

Published: in अर्थतन्त्र, समाज by .

बिर्तामोड । माछापुच्छ्रे बैंक लिमिटेडले आज (सोमबार) एकै दिन झापाको दुई स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकले १४८ उपशाखाको रुपमा कनकाई नगरपालिका ९ घैलाडुब्बा बजारमा तथा १४९ औं उपशाखाको रुपमा शिवसताक्षी नगरपालिका १० माईधार बजारमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । घैंलाडुब्बा उपशाखाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका थिए । उपशाखा भएपनि घैलाडुब्बाबाट बैंक सम्बन्धि सबै आर्थिक कारोबार गर्न सकिने बैंकका सुरुङ्गा शाखा प्रमुख खगेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

खाता खोल्ने, नगद जम्मा, एटीएम सेवा, रेमिट्यान्सलगायतका आर्थिक क्रियाकलाप उपशाखाबाट गर्न सकिने श्रेष्ठले बताए । उक्त कार्यका लागि उपशाखामा बैंकि¨ डिभाइस राखिएको छ । बैंकिङ डिभाइस कार्यक्रमका प्रमुख अतिथि मेयर पोखरेलले उपशाखा घैलाडुब्बाका इन्चार्ज अभय राजवंशीलाई हस्तान्तरण गरेका थिए । माछापुच्छ्रे बैंक प्रदेश १ का उपप्रमुख मुकेश थापाकाअनुसार देशभरी बैंकको १४९ उपशाखा, १६० शाखा र १९८ स्थानबाट एटीएम सेवा प्रवाह गरिदैँछ ।

सुरुङ्गा शाखाका प्रमुख खगेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको घैंलाडुब्बा उपशाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेयर पोखरेल, विशिष्ठ अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, कनकाई ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी, बैंकका प्रदेश उपप्रमुख मुकेश थापा, घैंलाडुब्बा बजार व्यवस्थापन समिति अध्यक्ष गोविन्द श्रेष्ठ, उद्योग वाणिज्य संघ कनकाईका उपाध्यक्ष अर्जुन बोहोरालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपशाखाका इन्चार्ज अभय राजवंशीले गरेका थिए । कार्यक्रममा उपस्थित व्यवसायी तथा स्थानीयबासीले घैंलाडुब्बामा ‘क’ वर्गको बैंकको शाखा कार्यालय नभएकोले माछापुच्छ्रे बैंकले उपशाखा नभई शाखा कार्यालय नै विस्तार गर्नुपर्ने माग गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *