Sajhamanch Archive

प्रदेश १ मा २५३ डिस्चार्ज, ३० संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ८७० पुगेको छ ।

प्रदेश १ मा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५, झापा र सुनसरीमा ४–४ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ५, केराबारीमा ४, बुढीगंगामा ३, बेलबारी, मिक्लाजुङ र उर्लाबारीमा १–१, झापाको मेचीनगरमा २, दमक र विर्तामोडमा १–१, सुनसरीको इटहरीमा ४ र प्रदेश १ बाहिरका ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७२९ पुगेको छ ।

प्रदेश १ मा आज ४२१ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये १२ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार १५८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *