Sajhamanch Archive

निर्माण कार्य नसक्दै ठेकदार वेपत्ता भएपछि कल्भट अलपत्र

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

बुद्वशान्ति । गृहमन्त्री रामबहादुर थापाले सडक निर्माण लगायत विकासका काममा ठेकदारले ढिलासुस्ती गरे तत्काल पक्राउ गरी जेल हाल्न निर्देशन दिएको एक महिना बितिसक्यो । तर, समयमा काम नगर्ने ठेकेदार अहिले पनि झापामा खुलेआम घुमिरहेका छन् ।

गृहमन्त्री थापाले निर्माण कार्यमा ढिलासुस्ती गरे तत्काल पक्राउ गर्न गरेको आदेश झापाका कुनै पनि सरोकारवाला निकायले व्यवहारत लागु गर्न सकेका छैनन् । झापाका विभिन्न आयोजनाको काम ठेक्का लिएका धेरै निर्माण व्यवसायीले समयमा सम्झौता अनुसार काम पूरा गरेका छैनन् । उनीहरुको लापरवाहीका कारण ती योजना अलपत्र छन् ।

जिल्ला समन्वय समिति, सडक डिभिजन, नगर तथा गाउँपालिका कार्यालय लगायतका सरोकारवाला निकायबाट विभिन्न समयमा साना—ठूला कालोपत्रे सडक, कल्र्भट, पक्की पुल, झोलुङ्गे पुल, विद्यालय, सरकारी र संघ संस्थाका भवन निर्माणको ठेक्का लिएका ठेकदारले सम्झौता अनुसार काम गरेको पाइएको छैन ।

मेचीनगर—१० स्थित राधास्वामी भवन, धुलाबारी मावि, बुकुनेडाँडा, भगवान चौक हुँदै सेलेङटार—इलाम सडकको निर्माण कार्य सम्पन्न नगरी ठेकदार वेपत्ता भएका छन् । साविक शान्तिनगर—३ हाल बुद्वशान्ति—५ स्थित माथ्लो धिमाल गाउँको कल्र्भटको निर्माण कार्य अधुरो छोडेर ठेकदार दुई महिनादेखि वेपत्ता भएका छन् ।

क्षेत्र नम्बर–१ को सांसद विकास कोषको रकमबाट उक्त सडक निर्माण कार्यका लागि अमर सूर्य जेभि सुर्खेतलाई जिम्मा दिइएको थियो । सडक डिभिजन कार्यालय दमकले २०७२ असार ३२ गते उक्त सडक निर्माणका लागि भ्याटसहित ३ करोड ८७ लाख २४ हजार ७ सय २ रुपैयाँ ८१ पैसामा सम्झौता गरेको थियो ।

कार्यालयले उक्त सडकको निर्माण कार्य थप म्यादसहित २०७३ चैत २१ गते सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । दुई वर्षमा सक्नु पर्ने काम ४ वर्ष भइसक्दासमेत उक्त सडक पुरा हुन सकेको छैन् । सडक डिभिजन कार्यालयका अनुसार ठेकेदारले ३ करोड ४८ लाख ३१ हजार ३ सय ३१ रुपैयाँ २१ पैसा भुक्तानी लगिसकेको छ । अव ठेकदारले ३८ लाख ९३ हजार ३ सय ६९ रुपैयाँ भुक्तानी लान बाँकी रहेको कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयका इन्जिनियर माधव पौडेलले मेचीनगर—१० स्थित राधास्वामी भवन, धुलाबारी मावि, बुकुनेडाडा, भगवान चौकहुँदै सेलेङटार—इलाम सडकको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए । ‘गतवर्ष नै सकिनु पर्ने काम ठेकदारको लापरवाहीले अधुरै छ’, उनले भने, ‘उक्त सडकको निर्माण कार्य सम्पन्न गर्न अव म्याद थप हँुदैन ।’

अव पनि काम सम्पन्न नगरे ठेकदारलाई कारवाही गरिने उनले जानकारी दिए । ‘सम्झौता अनुसार काम नगरेकाले प्यानेल्टि लगाउछौँ’, उनले भने । बुद्वशान्ति—५ स्थित माथ्लो धिमाल गाउँको कल्र्भटको निर्माण कार्य अधुरो रहेको राधास्वामी, धरधरे, सेलेङ्टार उपभोक्ता सरोकार समितिका अध्यक्ष वृहस्पति खतिवडाले जानकारी दिए । त्यतिखेर क्षेत्र नम्बर १ का सांसद् रविन कोइरालाले सांसद् विकास कोषबाट उक्त सडक निर्माणका लागि बजेट ल्याएको उनले बताए ।

उक्त २२ किलोमिटर सडकमध्ये गतवर्ष कालोपत्रे गरेको ठाउँमा बाटो उक्किन शुरु गरेको छ । बाटो निर्माण नसक्दै केही ठाउँमा उक्किन शुरु गरेपछि स्थानीयले विरोध गरेका थिए । त्यतिखेर ठेकेदारले उक्किन थालेका केही ठाउँका खाल्डाखुल्डी पुरेको थियो ।

‘हामी धेरै पटक सडक डिभिजन कार्यालय दमक गएर प्रमुखसँग कुरा राखिम्’, अध्यक्ष खतिवडाले भने, ‘तर हाम्रो कुरा कार्यालयले सुनिदिएन । ‘हामीले ठेकदार र कार्यालयलाई दवाव पुगोस भनेर यहाँका सांसद्हरुलाई भनिम तर, अहिलेसम्म निर्माण कार्य सकिएको छैन् ।’

प्रदेश सभाका सांसद् गोपाल बुढाथोकीले माननिय पुर्व सांसद् रविन कोइराला र म दुइतीन पटक सडक विभाग र दमकको कार्यालयमा गएर यस विषयमा ध्यानकर्षण गराएको बताए । ठेकदार र कार्यालयका प्रमुखहरुको कमजोरीले सम्झौता भएका ठेक्का समयमा नहुने गरेको उनको आरोप छ ।

‘गृह मन्त्रालयको निर्देशनको परिपत्र हामी कहाँ आएको छ’, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जनकराज दाहालले भने — ‘माथीको परिपत्र अनुसार जिल्लामा ठेक्का लगाउने सम्बन्धीत कार्यालय प्रमुख, निर्माण व्यवसायी संघका अध्यक्ष, ठेकदारलाई संयुक्त रुपमा राखेर निर्माण कार्यमा ढिलासुस्ती भए कारवाही गरिने कडा निर्देशन दिएको छु ।’ झापामा कालो सुचीमा रहेका संघसंस्था तथा ठेकदारलगायतहरुको विवरणसमेत गृह मन्त्रालय पठाइएको सिडीओ दाहालले जानकारी दिए । पहिलो चरणमा चेतावनी स्वरुप दिइएको निर्देशन अवज्ञा गरे दोस्रो चरणमा तत्काल पक्राउ गरी कारवाही गरिने उनले बताए ।

पाँच पोखरी सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष राजु थापाका अनुसार तीन वर्ष जति भयो यो कल्र्भट बनाउन थालेको तर अझै पुरा भएको छैन् । उनले ठेकदारले तारजाली लथालिङ्ग छोडेर हिँडेको एकवर्ष भइसकेको थियो । फेरे ठेकदार आएर टालटुल ग¥यो । टालटुल गरेको सकड कार्यालयबाट पैसा लियो होला अनि अहिले तीन महिना हुन लाग्यो फेरे ठेकदार वेपत्ता भएको थापाले जानकारी दिए । कल्र्भट छेउको सिलिङको भाग भत्किसकेको छ । गतवर्ष कल्र्भट छेउको सडकबाट पानी कुदेको स्थानीय हेमराज दाहालले बताए ।

अहिले पनि ठूलो पानी आयो भने सडक बन्द हुने अवस्था रहेको दाहाल बताउँछन् । कल्र्भटको वरिपरीको भागमा सिलिङ राम्रोसँग नलाएको र तारजाली त्यतिकै लथालिङ्ग छोडेर करिव एक वर्षदेखि ठेकदार वेपत्ता भएको अध्यक्ष खतिवडाले जानकारी दिए । अमर सूर्य जेभि सुर्खेतका सञ्चालक ठेकदार सन्तोष कटुवालका अनुसार उक्त सडकको काम लगभग सकिएको छ ।

त्यही कल्र्भटको सानो काम बाँकी रहेकाले आगामी भदौ महिनाभित्र सडक, कल्र्भट लगायतका सम्पुर्ण काम सकिने कटुवालले दावी गरे । उनले सडक कार्यालय दमकले कल्र्भटको भागमा डाइभर्सन, पानी फ्याक्ने लगायतको काममा रकम नदिएकाले ढिलो भएको बताए । ‘कल्र्भटबाट गाडी कुदिरहेको छ’, ठेकदार कटुवालले भने, ‘त्यहाँ खासै ठुलो समस्या छैन । कल्र्भटको दुवैपट्टि तारजालीको बार लगाउन छ, २—३ लाख रुपैयाँको काम होला भदौभित्र पुरा गरिदिन्छौँ ।’

कटुवालका अनुसार ३ करोड ४२ लाखको ठेक्का हो । त्यसमा ३ करोड २५ लाख रुपैयाँ कार्यालयबाट भुक्तानी भएको छ । १६—१७ लाख रुपैयाँ पाउन बाँकी रहेकोले उक्त रकम निकासा भइदिए छिटो काम हुने उनले बताए ।

राधास्वामी, धरधरे, सेलेङ्टार उपभोक्ता सरोकार समितिका सचिव इन्द्र मगरले ठेकदारलाई कारवाहीको माग गर्दै पटकपटक दमक सडक कार्यालय डेलिगेशन गएको बताए । ‘कल्र्भटका काम नसकि ठेकदार एकवर्षदेखि गायव छ’, सचिव मगरले भने, ‘४२ फुटको बाटो गत वर्षको वाढीले आधाजसो बाटो भत्किएको छ, वर्खाको सिजन छ जुनसुकै वेला पनि वाढी आउन सक्छ । ठुलो वाढी आइहाले बाटो पुरै भत्किने सम्भावना धेरै छ ।’

ठेक्का रद्व गरेर ठेकदारलाई सम्झौता अनुसार काम नगरेकाले पक्राउ गरी कारवाही गर्नु प¥यो होइन भने कार्यालयले ठेकदारलाई छिटो काम गर भनेर दवाव दिन जरुरी रहेको मगरको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी भीम ढकालले गृहमन्त्रीको निर्देशन पालना गरिरहेको बताए । सोमबार पनि निर्माण व्यवसायी, उद्योग सञ्चालक लगायतसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको उनले जानकारी दिए । कुनै पनि वस्तुको निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भए वा सम्झौता अनुसार समयमा काम सम्पन्न नभए प्रचलित कानुन अनुसार ठेकदारलाई कारवाही हुने एसपी ढकालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *