Sajhamanch Archive

नवनियुक्त मन्त्रीहरुलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट 

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नवनियुक्त मन्त्रीहरुलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

मंगलबार वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

रिटमा नवनियुक्त मन्त्रीहरूलाई काम गर्न नदिनू भनी अन्तरिम आदेश माग गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ ।

गएको शुक्रबार सातजना नयाँ मन्त्री नियुक्त गर्दै केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको थियो । यसअघि, सोमबार पनि मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध रिट दायर भएको थियो । सो रिटको बुधबार (भोलि) पेसी तोकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *