Sajhamanch Archive

विचार चौतारीको स्थापना दिवस बाल आश्रममा

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । बढ्दो आधुनिकतासँगै जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको बेला झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा रहेको विचार चौतारी युवा क्लबले आफ्नो संस्थाको स्थापना दिवस फरक तरिकाले मनाएको छ ।

संस्थाको स्थापना दिवस तथा संस्थाका महासचिव उमेश खतिवडा र कोषाध्यक्ष उत्सव भट्टराईको जन्मोत्सवको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा रहेको स्वबोध साधना केन्द्रमा अनाथ, असाहाय आस्रित बाल आश्रमका बालबालिकाहरुलाई खिचडी खुवाईएको छ ।

पौष १५ अर्थात खिचडी दिवस समेत परेकाले बाल आश्रममा आश्रित बालबालिकासँग संस्थाको स्थापना दिवस तथा जन्मदिन मनाईएको हो ।

क्लबका अध्यक्ष हरिकृष्ण भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि आश्रमका अध्यक्ष बालकृष्ण थपलिया रहेका थिए ।

स्वबोध साधना केन्द्रका अध्यक्ष थपलियाले यस्तै सहयोगी मनहरुबाट आश्रम चलेकोले आश्रित बालबच्चाको भविष्यका लागि सानो भएपनि यस्ता खालका सहयोगले ठुलो टेवा पुग्ने बताए ।

थपलियाले जन्मदिन हरेकको आँउछ र हरेकले मनाउँछन् तर जब यस्ता सामाजिक कार्यले धेरैका मनहरु रमाउछ अनि जन्मदिन जन्मोत्सब हुन्छ भन्दै युवा पुस्तालाई आफ्नो समाज प्रतिको उत्तरदायित्व नभुल्न आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा पत्रकार तीर्थ तिम्सिना, बाल आश्रमका पूर्व अध्यक्ष खड्ग भेट्वाल, उपाध्यक्ष गङगाराम भट्टराई, सचिव केदारनाथ भट्टराई, क्लबका महासचिव उमेश खतिवडा, सदस्यहरु क्षितिज प्रसाईं, सन्देश खतिवडा, दिपक रिजाल, कोपिला भट्टराई, रविन बस्नेत, प्रज्वल पौडेल लगायतको उपस्थित रहेको थियो ।

क्लबका उपाध्यक्ष शिक्षा घिमिरेले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन आश्रमका श्याम दनुवारले गरेका थिए ।

वि.सं.२०५६ सालमा स्थापित बाल आश्रममा हाल जम्मा १५ जना बालबालिकाहरु आश्रित रहेका छन् । उनीहरुको खानपान, बसोबास तथा रेखदेख सो संस्थामै हुने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *