Sajhamanch Archive

कोरोना भाइरसको महामारीले बालबालिकामा परेको मनोवैज्ञानिक असर र शिक्षामा देखा परेका चुनौती विषयक अन्तरक्रिया

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

कमल । विश्वमा नै चुनौती रुपमा रहेको कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव र सिकाईका क्षेत्रमा देखापरेका चुनौतीका विषयमा पछिल्लो समय छलफल र बहस हुन थालेका छन् ।

कोभिड १९ का कारण विगत ९ महिना देखि बन्द भएका विद्यालय सामन्य रुपमा सन्चालनमा आएपनि नियमित पठन पाठन हुन सकेका छैनन् भने अविभावकले पनि ढुक्कका साथ आफ्ना नानीहरुलाई विद्यालय पठाउन सकेका छैनन् ।

“आपतकालिन समय र माहामारीमा बालबालिकाको सिकाई सुनिश्चितता” कसरी गर्न सकिन्छ भनेर शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिती झापाले झापाका भद्रपुर नगरपालिका, कन्काई नगरपालिका, बुद्धशान्ति गाउँपालिका, गौरीगञ्ज गाउँपालिकामा यस अघिनै कोभिड १९ ले विद्यालय तहमा पारेका प्रभाव र सिकाई सुनिश्चिततामा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

बुधवार झापाको कमल गाउँपालिकामा समेत कोभिड १९ र यसका कारणले बालबालिकामा परेको मनोवैज्ञानिक असर र सिकाइमा पारेको प्रभाव तथा सिकाईका क्षेत्रमा देखा परेका मुख्य मुद्धा र चुनौतीका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समिती, अविभावक, शिक्षक, विद्यार्थी लगायत उपस्थिती रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाको तर्फबाट शिक्षाको विकास तथा विद्यार्थीमा परेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्दै बालबालिकाहरूको पढाइलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गाउँपालिका लागी परेको कमल गाउँपालिकाका अध्यक्ष श्री मेनुका काफ्ले (पोख्रेल) ले बताइन् ।
कोभिड १९ले विश्वनै आक्रान्त पारिरहेका बेला नेपालमा पनि यसको ठुलो प्रभाव परेको छ । कोभिड १९ ले शिक्षाक्षेत्रमा ठुलो असर पुगेकोले अबका दिनमा शिक्षालाई कसरीमाथी उठाउने भन्ने बेलामा आयोजना गरिएको यो कार्यक्रमले थोरै भएपनि शिक्षण सिकाईमा सहयोग पुग्ने कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने जानकारी दिए ।

माहामारीमा बालबालिकाको सिकाई सुनिश्चितता गर्नका लागी नेपाल सरकारले जारी गरेको वैकल्पिक सिकाई सहजीकरण निर्देशिका २०७७ र विद्यार्थीलाई सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालय सञ्चालन हुन सकेनन् । यस्तो अवस्थामा विद्यालय संञ्चालन कार्यढाँचा २०७७ अनुसार स्थानियतहले गरेको निर्णय अनुसार हाल विद्यालय सञ्चालन हुदैछन् । तर यो पनि पर्याप्त नभएको कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षक महासंघ कमल गाउँपालिकाका अध्यक्ष हिमप्रसाद दाहाल बताए ।

शिक्षाको क्षेत्रमा गर्न नसका कामहरु धेरै छन् । ति काम हामी आफैले गरेमा विद्यालयको शिक्षण सिकाई प्रभावकारी हुने रहेछ भन्ने जानकारी दिनका लागी यो कार्यक्रम गरिएको हो । हामीले झापाका केही स्थानियतहमा कार्यक्रम सञ्चालन गरि सकेको राष्ट्रिय अभियान नेपाल झापाका कार्यक्रम सह संयोजक सुरेस बहादुर पौडेलले बताए । उनले भने, स्थानियतहका जनप्रतिनिधीका साथमा विद्यालय सन्चालक, शिक्षक विद्यार्थीसँग धेरै कार्यक्रम गर्यौ जसले विद्यालयको शिक्षणशिकाईमा परिवर्तन आएको छ । कतै कार्यक्रमले कुनै प्रभाव नपारेको बताए ।

महामारीको असरले नियमित पठनपाठन हुन सकेको छैन । यस्तो अवस्थामा शिक्षा क्षेत्रमा देखापरेका समस्यालाई आगामी दिनमा सहज बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बालबालीका मैत्री शिक्षा निती ल्याउनमा सहयोग पुग्ने कमल वाल सञ्जालकी अध्यक्ष पृतिका सुवेदीले बताइन् ।

कोभिड १९ले शिक्षा क्षेत्रमा प्रभाव पारे सँगै केहि अवसरपनि छोडेर गएको छ । जस अन्तरगत अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङ्गको अवधारणको विकास भएको छ भने विद्यार्थीमा स्व अध्ययन, रेडियो कक्षा, टिभी सञ्चालित कक्षा, अनलाईन कक्षा, ल्याबटप प्रोजेक्टर, पेनड्राईभ जस्ता माध्यम प्रयोग गर्नाले विद्यार्थीमा प्राविधिक ज्ञानको समेत विकास भएको छ ।

कार्यक्रममा कमल गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष श्री तारानाथ न्यौपाने, शहिद धर्मभक्त माध्यमिक विध्यालयका विध्यालय व्यवस्थपन समिती अध्यक्ष चक्र गुरुङ,शिक्षक अविभावक सघका अध्यक्ष लेखनाथ खतिवडा, पध्यानापक रुकमान लिम्बू र टङ्क गजुरेल लगायतले आफ्नो भनाई राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *