Sajhamanch Archive

माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

९ महिनादेखि बन्द रहेको सिनेमा हल पुष १० गतेबाट सञ्चालनमा आएका छन् । तर, निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाउन बाध्य छन् । आउँदो माघे संक्रान्तिबाट भने सिनेमा हलमा दर्शकले नयाँ फिल्म हेर्न पाउने भएका छन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

बिहीवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की फिचर छन् । भावुक मुद्रामा देखिएका उनीहरु एकअर्काको अंगालोमा बाँधिएका छन् । फिल्ममा शिव र प्रियंका जोडीको रुपमा रहेको पोस्टरले प्रस्ट्याउँछ । फिल्मलाई विके फिल्म: र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

लभस्टोरी-एक्सन ड्रामामा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यही फिल्मबाट संयग दर्शनधारीसँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गर्दैछन् । दिपेश सापकोटा फिल्मका निर्देशक हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्मित फिल्मलाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । फिल्ममा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा छन् । नयाँ फिल्म प्रदर्शन नभएर सिनेमा हलमा दर्शकको उपस्थिति उत्साहजक नभएको अवस्थामा ‘एउटा यस्तो प्रेम कहानी’ ले माहोल बनाउने अपेक्षा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *