कर्णाली सहकारीद्वारा सदस्य परिवारको मृत्युमा सिदा वापद ४० हजार रुपैयाँ प्रदान
Published: (Updated: )
by .दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यको परिवारको मृत्यु भएको सिदा रकम हस्तान्तरण गरेको छ ।
दमक सेवा केन्द्र अन्तर्गत दमक ५ हरिओम कोलोनीका सदस्य मिना कुमारी राई ताजपुरीयाका श्रीमानको मृत्युबापदको सिदा रकम ४० हजार रुपैयाँ आज हस्तान्तरण गरिएको दमक सेवा केन्द्र व्यवस्थापक सुजन भण्डारीले जानकारी दिए ।
श्रीमान तारीलाल ताजपुरीयकाको निधन भएको १२ औं दिनको पुण्य तिथिमा आज सहकारीको टोली घरमै पुगेर बिषेश उक्त रकम हस्तान्तरण गरेको हो । सहकारीको दमक सेवाकेन्द्र व्यवस्थापक भण्डारी सहित व्यवस्थापन उप समिति सदस्य गिरिराज भट्टराई, मोहन सिवाकोटी सहितको टोलीले ताजपुरीयालाई सिदा बापद ४० हजार रुपैयाँ सहित समवेदना पत्र हस्तान्तरण गरेको हो ।
सहकारीको बिसेश औषधि उपचार कोषमा आबद्ध रहेका बिषेश सेयर सदस्यहरुको श्रीमान वा श्रीमतीको मृत्यु भएभमा ४० हजार रुपैयाँ र अभिभावकको मृत्यु भएमा २० हजार रुपैयाँ उपलब्ध गराईने गरिएको सेवाकेन्द्र व्यवस्थापक भण्डारीले बताए ।
Comments