Sajhamanch Archive

प्रधानमन्त्रीलाई बालबालिकाको प्रश्न– सरकारले कोरोनाको भ्याक्सिन कहिले ल्याउँछ ?

Published: in राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालबालिकाले कोरोनाको भ्याक्सिन कहिले आउँछ भन्दै प्रश्न गरेका छन् ।

बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनीहरुले प्रधानमन्त्री ओलीलाई कोरोनाको भ्याक्सिन कहिले आउँछ भन्दै प्रश्न गरेका थिए ।

“हामी अझै पनि विद्यालय जान सकेका छैनौँ । हाम्रो देशमा कोरोनाको भ्याक्सिन आउला ? शान्त वातावरणमा स्कुल जान कहिले पाइएला ?,” एक छात्राको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले कोरोना भ्याक्सिन ल्याउने तयारी भइरहेको बताउँदै निजी क्षेत्र र सरकार दुवैले कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिरहेको बताए ।

“बालबालिका हाम्रा भविष्य हुन् । कहिले एकवर्षको पढाइ पछि पर्‍यो भने मिलाउन सकिन्छ तर जिन्दगी तलमाथि पर्‍यो भने मिलाउन सकिँदैन,” प्रधानमन्त्री ओलीले भने, “मेरो सुरुदेखिकै सम्बोधनमा जहिले पनि जनताको जीवनरक्षा हाम्रो पहिलो कर्तव्य हो ।

लाइफ इज फस्ट भन्ने थियो । कसैले स्वतन्त्रताको कुरा गर्दा पहिला जीवन चाहियो भनेर भनेको हुँ । जिउँदो रहनु पहिलो कुरा हो । बालबालिकालाई संक्रमण हुन नपाओस् भनेर बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर विद्यालय सञ्चालन गर्न सकेका छैनौँ ।

छिटै भ्याक्सिन ल्याउन छलफल गरेका छौँ । निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउन दिने र सरकारले पनि ल्याउने विषयमा कुरा भएको छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *