Sajhamanch Archive

आन्दाेलन छाडेर चुनावकाे तयारीमा लाग्नुस् : सञ्चारमन्त्री गुरुङ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरूलाई आगामी वैशाखमा हुने चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् ।

शुक्रबार नेपाल सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरूलाई आगामी वैशाखमा घोषणा भएको चुनावको तयारीमा लाग्न अनुरोध गरेका हुन् ।

उनले सरकारले चुनावको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाको आशा नगरि चुनावमा लाग्न अनुरोध गरे ।

मन्त्री गुरुङले प्रतिनिधि सभा विघटनपछि सरकारले गरेका कामको वैधानिकतामाथि प्रश्न उठ्ने गरेको भन्दै सरकारले गरेको काम संवैधानिक भएको दाबी गरे । सरकारले गरेको काम नेपालको कानुनबमोजिम मान्यता प्राप्त हुने उनको भनाइ छ ।

मन्त्री गुरुङले सडकमा नेपालको संविधान र राष्ट्रपति संस्थामाथि अभद्र, अशिष्ट र अराजनीतिक नारा लागेको भन्दै त्यसले नेपालको प्रणालीप्रति नै आँच आउनेतर्फ सजग हुनुपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *