Sajhamanch Archive

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

Published: in खेलकुद by .

एजेन्सी । एन्थोनी मार्सियाल र ब्रुनो फर्नान्डेसको गोल सहयोगमा पछिल्लो समय उच्च लयमा रहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गरेको छ ।

युनाइटेडले एस्टन भिल्लामाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको हो । भिल्लाका बर्टान्ड ट्राओरेले गरेको गोल सान्त्वना बन्यो ।

ओल्डट्राफोर्डमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको ४०औं मिनेटमा मार्सियालको गोलबाट अग्रता लिएको थियो । उनले आरोन वान बिशाखाको पासमा गोल गरेका थिए ।

५८औं मिनेटमा भिल्लाका बर्टान्ड ट्राओरेले ज्याक ग्रेयलिसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६१औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।

डुगलस लुइजले पेनाल्टी बक्समा पल पोग्वामाथि अनावश्यक फल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा युनाइटेडका पेनाल्टी टेकर ब्रुनो चुकेनन् । त्यसपछिको समयमा थप गोल निस्कन नसक्दा युनाइटेडले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

यो जितसँगै युनाइटेडले शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *