Sajhamanch Archive

आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

यसअघि काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न गरेको प्रचण्ड–नेपाल समूहले सरकारको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विघटन भइसकेको छ ।

बुधबारबाट यो समूह अन्य पार्टीहरुसँग छलफलमा जुटेको थियो । तर, अहिले तत्काल अन्य पार्टीसँग संयुक्त आन्दोलनका कार्यक्रम नहुने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *