Sajhamanch Archive

स्वर्गद्वारीको सातौं वार्षिक साधारसभा

Published: in सहकारी by .

भद्रपुर । भद्रपुर स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ को सातौं वार्षिक सभा सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा शान्ति कृषि बहुमुखी सहकारीका अध्यक्ष देवीप्रसाद दाहालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभामा वार्षिक प्रगति विवरण तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले चार करोड ४५ लाख ३२ हजार ७ सय ५१ रूपैयाको वार्षिक कारोवार गरेको संस्थाले ३ लाख ६६ हजार एक सय ६ रूपैया खुद नाफा गरेको विवरण प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष सुरेन्द्र खत्रीले स्वागत गरेको सभाको सञ्चालन प्रकाश भण्डारीले गरेका थिए भने छत्रप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सभाले वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपले पारित गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *