Sajhamanch Archive

प्रधानमन्त्री कपको उपाधि प्रदेश एकलाई

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार by .

झापा । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश १ ले जितेको छ।

आज भएको फाइनलमा विभागिय क्लब एपिएफलाई ६ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको एपिएफले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्र बनाउन सक्यो।

एपिएफकी ममता चौधरीले सर्वाधिक ३४ रन बनाए पनि हार टार्न प्रयाप्त भएन। यस्तै करुणा भण्डारीले २६ रन जोडे पनि अन्यको ब्याट चल्न सकेन ।

प्रदेश १ की रुबिना क्षत्री र अलिशा खडियाले २/२ विकेट लिँदा संगीता राईले १ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो।

प्रदेश १ की अप्सरा बेगमले सर्वाधिक ३४ रनको योगदान दिइन भने काजल श्रेष्ठ २९ रनमा अविजित रहिन् । यसैगरी कप्तान रुबिना क्षत्रीले १८ रन बनाइनन् । एपिएफकी सीता राना मगरले ३ तथा करुना भण्डारीले १ विकेट हात पारिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *