Sajhamanch Archive

पार्टी एकताका बाँकी काम टुङ्ग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ ।

पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलले पार्टीभित्रका विभिन्न जिम्मेवारी टुङ्गो लगाउने र एकताका बाँकी काम पूरा गर्ने गरी काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउने लगायतबारे छलफल भएको नेताहरूले बताएका छन् ।

गएको पुस ५ गने प्रतिनिधि सभा विघटनको घोषणा भएसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बैठकमा सरकारले प्रतिनिधि सभाको विघटन गरी चालेको कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठको भनाइ छ । बैठकले प्रतिनिधि सभा विघटन कदमको विरुद्धमा भएका सबै पार्टीसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णयसमेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *