Sajhamanch Archive

सुन्तला बोटमै कुहिएर झर्न थालेपछि किसान मर्कामा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

पाँचथर । सुन्तला बोटमै कुहिएर झर्न थालेपछि पाँचथरका सुन्तला किसान मर्कामा परेका छन् ।

सुन्तला राम्रो उत्पादन हुने पाँचथरको रानीटार, नाङ्लपा, हाम्फाबुड, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायतका ठाउँमा करिब छ सय रोपनी जग्गामा लगाएको सुन्तलाको बोटमै कुहिएर झर्न थालेको हो ।

करिब एक सय घरका किसानको सुन्तला खेतीमा क्षति हुँदा छ लाख रुपैयाँ बराबरको नोक्सानी भएको किसान देवबहादुर थेबेले बताएका छन् ।

गएको वर्ष प्रतिकिलो एक सय रुपैयाँका दरले ४ लाख रुपैयाँको सुन्तला बिक्री गरेका थेबेले यसपटक किरा लागेर टिप्न नपाइ सबै सुन्तला झरेर नष्ट भएको बताए । साथै “फ्रुट फ्लाइ” नामको फल कुहाउने झिँगाका कारण सुन्तला कुहिएर झरेको फिदिम नगरपालिका कृषि शाखा कार्यालयका प्रमुख यामबहादुर संग्रौलाले बताए ।

उनकाअनुसार झिँगा जस्तो देखिने किराले पाकेको फल कुहाउने गर्छ । ‘पोथी किराले फल छेडेरभित्र पसी फुल पार्ने गर्छ । फुल लार्भा भएपछि सुन्तलालगायतका फल कुहाएर क्षति गर्छ’, संग्रौलाले भने । फल नलाग्दै फेरेमेन ट्राप र मालाथिन नामका विषादी मिलाएर छर्किए यो किराको समस्या नहुने उनको भनाइ छ ।

                                                                                               उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *