Sajhamanch Archive

कम्बोडियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कम्बोडियाले नेपाललाई कोभिड–१९ व्यवस्थापनका लागि विभिन्न १२ खाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सोमबार चार्टर विमानमार्फत् नेपाल आएको परराष्ट्र मन्त्रालयलगायत तीनओटा कम्बोडियाका सरकारी निकायको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कम्बोडिया सरकारले दिएका स्वास्थ्य सामग्रीमा फेस मास्क २० लाख थान, फेब्रिक फेस मास्क एक लाख थान, एन ९५ मास्क २० हजार थान, चस्मा २० हजार थान, पीपीई सेट २० हजार थानलगायत रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *