Sajhamanch Archive

४०३ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ९४ जना निको भएर फर्किएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थय मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८५ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *