Sajhamanch Archive

कोरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नबस्न मन्त्रालयको अनुरोध

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना संक्रमण पुष्टि भइ लक्षण नदेखिएका बिरामीलाई १० दिनभन्दा बढी अस्पतालमा नबस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

१० दिनपछि रिपोर्ट पोजेटिभ नै आए पनि लक्षण नदेखिएका बिरामीलाई होम आइसोलेसनमा बस्न मन्त्रालयले अनुरोध गरेको हो ।

सोमबार सचिवस्तरीय निर्णय गर्दै अनावश्यकरुपमा अस्पतालमा भर्ना भइरहँदा स्रोत–साधनको दुरुपयोग हुने साथै संक्रमितको स्वास्थ्यमा समेत असर पर्ने देखिएकाले यस्तो अग्रह गरेको जनाइएको छ ।

संक्रमितलाई रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म जनस्वास्थ्यका नियम पालना गर्न र चिकित्सकको सम्पर्कमा रहिरहन भने सुझाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *