Sajhamanch Archive

१५ दिनमै तौल घटाउँन यस्ता छन उपाय

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

एजेन्सी । चाँडै नै तौल घटाउन चाहनुहुन्छ तर आफूले सोचेजस्तो भइरहेको छैन भने हामी तपाईंलाई यसका लागि तरिका बताउँदैछौं ।

१ ग्रीन टीः
ग्रीन टी चाँडै नै तौल कम गर्न सहयोग गर्दछ । यसको नियमित सेवनले चमत्कारिक रुपमा तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई कम गर्नमा सहयोग गर्दछ । दैनिक तीनदेखि पाँच कप ग्रीन टी पिउँदा लगभग ४० प्रतिशत फ्याट बर्न हुने अनुसन्धानले बताएको छ ।

२ बिहानको व्यायामः
यदि तौल घटाउन चाहनुहुन्छ भने दैनिक बिहान व्यायाम गर्न नछुटाउनुहोस् । दिउँसोभन्दा बिहान व्यायाम गर्दा निकै लाभकारी मानिन्छ । अध्ययनका अनुसार बिहान व्यायाम गर्दा लगभग तीन गुणाबढि फ्याट बर्न हुने गर्दछ । त्यसकारण बिहान चाँडै उठेर कम्तीमा पनि आधा घण्टा व्यायाम अवश्य गर्नुहोस् ।

३ अत्यधिक सक्रिय रहनुहोस्ः
रचनात्मक बन्नुहोस् र आफ्नो दिनचर्यामा केही अतिरिक्त शारिरिक गतिविधि समावेश गर्नुहोस् । आफ्नो दैनिकीमा यदि तपाईं शारिरिक रुपमा थोरै सक्रिय बन्नुभयो भने तपाईंको अतिरिक्त बोसो घट्ने गर्दछ । यी साना गतिविधीद्वारा सबै अतिरिक्त क्यालोरीलाई बर्न गरेर तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्छ ।

४ स्वस्थ कदम उठाउनुहोस्ः
घर नजिकै बजार छ भने आफ्नो कार वा बाइकलाई पार्किङमा नै छोडेर हिँडेर जानुहोस् । स्वस्थ रहन हिँड्नैपर्छ । दैनिक अफिस वा आफ्नो अपार्टमेन्टको सिँढि चढेर पनि तपाईं धेरै क्यालोरी बर्न गर्न सक्नुहुन्छ र यदि तपाईंसँग बाहिर जाने फुर्सद छैन भने तपाईं प्याडोमिटर खरिद गरेर त्यसमा नै हिँड्न सक्नुहुन्छ । दैनिक १० हजार पाइला चालेर तपाईं दैनिक सय क्यालोरी बर्न गर्न सक्नुहुन्छ ।

५ पर्याप्त पानी पिउनुहोस्ः
स्वस्थ शरिरका लागि सधैं पर्याप्त मात्रामा पानी पिउने सल्लाह दिइन्छ । पानीले शरिरमा जमेको बोसोको मात्रा कम हुने गर्दछ । यदि तपाईं पर्याप्त पानी पिउनुहुन्न भने मृगौलाले आफ्नो अधुरो काम कलेजोलाई सुम्पिने गर्दछ । शरिरमा जमेको बोसोलाई ऊर्जाको लागि उपयोग गर्नु कलेजोको सबैभन्दा महत्वपूर्ण काम हो तर यसले आफ्नो कार्यलाई राम्रोसँग गर्न पाउँदैन किनभने यसले मृगौलाको अधुरो काम पनि गर्नुपर्ने हुन्छ ।

६पर्याप्त निन्द्राः
पर्याप्त निन्द्राले तपाईंलाई स्वस्थ जीवन उपहारस्वरुप दिएको हुन्छ । पूरा निन्द्रा पछि दिमाग ताजा भएर आफ्नो काम गर्न थाल्छ । यसका साथै निन्द्राले तौल कम गर्न पनि सहयोगी भूमिका खेल्ने गर्दछ । आठ घण्टाभन्दा बढि र ६ घण्टाभन्दा कम सुत्ने मानिसहरुको तौल सातदेखि आठ घण्टा सुत्नेको तुलनामा धेरै हुन्छ ।

७ खाना खानुभन्दा पहिले पानी वा फलफूलको जूसः
खानुभन्दा पहिले एक गिलास पानी वा सागसब्जीको जूस पिउँदा तपाईंलाई पेट भरिएकोजस्तो महसुस हुन्छ । जसका कारण तपाईं धेरै खानुहुन्न र तपाईंको तौल तीब्र रुपमा घट्ने गर्दछ ।

८  खाना राम्रोसँग चपाएर खानेः
तपाईंले जे सुकै खानुहुन्छ त्यसलाई राम्रोसँग चपाएर बिस्तारै खानुहोस् । खाना राम्रोसँग चपाउँदा सजिलै पच्छ र ढिलो गरेर खाँदा तपाईं धेरै खान सक्नुहुन्न जसले तौल कम गर्न सहयोग गर्दछ ।

९  वेटलिफ्टिङले तौल कमः
केही दिनभित्रै तौल कम गर्नका लागि जिम प्रशिक्षकको निर्देशनमा वेटलिफ्टिङ गर्नुहोस् । वेटलिफ्टिङ गर्दा शरिरको बोसो चाँडै नै बर्न हुन्छ ।

१०  धेरै बेरसम्म बस्नु ठिक होइनः
धेरै बेरसम्म बसिरहँदा शरिरमा अत्यधिक बोसो जम्मा हुने गर्दछ । मिसौरी विश्वविद्यालयका शोधकर्ताका अनुसार बसिरहँदा वा चार घण्टाभन्दा धेरै समयका लागि निष्क्रिय रहँदा तपाईंको मेटाबोलिजम स्लो हुन्छ जसले सजिलै बोसो जम्मा हुने गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *