प्रदेश सरकार जनतालाई आधारभुत शिक्षा उपलब्ध गराउन लागि परेको छः मन्त्री कार्की
Published: (Updated: )
by .कमल । १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्कीले प्रदेश सरकार जनतालाई आधारभुत शिक्षा उपलब्ध गराउन लागीपरेको बताएका छन् ।
झापाको कमल गाउँपालिका वडा नम्वर २ समयगढ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालय भवनको शिलान्यासका क्रममा बोल्दै जनप्रतिनिधी आएपछि विकास निर्माणका कामले तिब्रता पाएको बताए । तर विकासले मात्र पुग्दैन उनले भने, भएको विकासलाई परिचालन र सदुपयोग गर्न शिक्षा अनिवार्य आवश्यतामा पर्छ । हिजोको अवस्थामा धुलामा बसेर आज शिक्षा हाँसिल गर्न नसकिने उनको भनाई थियो । समय अनुसार आधुनिक र सुविधा सम्पन्न भवनमा बसेर विद्यार्थीहरु अध्ययन पाउने बताउँछदै त्यसकालागी संघीय सरकारबाट प्राप्त रकमले यो भवन निर्माण हुन लागेको हो । सो भवन गुणस्तर मापदण्ड अपनाएर समयमा नै पुराहुने मन्त्री कार्कीले विश्वास व्यक्त गरे ।
संघीय सरकारबाट विनियोजित २ करोड ५० लाख मध्ये १ करोड ६५ लाख ६८ हजार ८७७ रुपैया ठेक्का सम्झौता भएको १४ कोठे भवन २०७८ साल असार १० गते निर्माण सम्पन्न गरिसक्नु पर्ने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले (पोख्रेल)को अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेनु शिवाकोटी वडा नं. १ का वडाध्यक्ष केदार कटुवाल , २ का तारानाथ न्यौपाने ४ का प्रेमबहादुर राईको उपस्थिती रहेको थियो ।
कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले सन्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्रौलाले शाब्दिक शब्दले स्वागत गरेका थिए भने गाउँपालिका शिक्षा समितिका सदस्य राजनबहादुर ढुङ्गाना शुभकामना मन्तव्य राखेका थिए ।
Comments