हल्दिबारी गाउँपालिकाले दियो, १० विद्यार्थीलाई २० लाखको छात्रवृत्ति
Published: (Updated: )
by .बनियानी । दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि हल्दिबारी गाउँपालिकाले १० विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
गाउँपालिकामा आवश्यक पर्ने शक्ति स्थानीय स्तर मै उत्पादन उद्देश्यले १० विद्यार्थीलाई रु २० लाखको छात्रवृत्ति प्रदान गरेको हो ।
पशु विज्ञान सम्बन्धी अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । गाउँपालिकाभित्रै प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताए ।
गाउँपालिका आवश्यक प्राविधिक जनशक्ति तयार गरी स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराइएको उनले जानकारी दिए ।
विद्यार्थीलाई आवासीय सुविधासहित पशु विज्ञान सम्बन्धी अध्ययन गर्न कमल गाउँपालिकामा रहेको सरस्वती मावि र प्राविधिक शिक्षालयसँग सम्झौता गरिएको छ ।
गाउँपालिकाले पाँच वडाबाट प्रतिवडा दुईका दरले विद्यार्थी छनोट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
विद्यार्थीलाई कृषि, भेटनरी र माछापालन सम्बन्धी शिक्षा दिइने छ । अध्ययनपछि विद्यार्थीलाई गाउँपालिकाले रोजगारको व्यवस्था गर्नेछ । सो गाउँपालिकाले ‘हल्दिबारीको बाचा, झापाभरि माछा’ अभियानका साथ माछापालनका लागि ५० बिघामा पोखरी निर्माण गरिरहेका छ ।
Comments