Sajhamanch Archive

पाकिस्तानविरुद्ध सिरिज क्लिन स्वीप गर्दै न्युजिल्याण्ड टेष्ट वरीयताको शीर्ष स्थानमा

Published: in खेलकुद by .

एजेन्सी । पाकिस्तानविरुद्धको दुई खेलको सिरिज क्लिन स्वीप गर्दै न्युजिल्याण्ड आईसीसी टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लेको छ ।

न्युजिल्याण्ड पहिलो पटक टेष्ट वरीयतामा पहिलो स्थानमा पुगेको हो । टेष्ट वरीयतामा न्युजिल्याण्डको ११८ रेटिङ छ । ११६ रेटिङ रहेको अष्ट्रलियाले दोस्रो स्थानमा झरेको छ । पाकिस्तान विरुद्धको दोस्रो टेष्ट इनिङ्स र १७६ रनले जित्दै न्युजिल्याण्ड सिरिज आफ्नो पक्षमा पारेको हो ।

केल जेमिसनले उत्कृष्ट बलिङ गर्दै एक्लैले ६ विकेट लिएपछि पाकिस्तानलाई दोस्रो इनिङ्समा १८६ रनमा अलआउट गर्दै न्युजिल्याण्ड चौथो दिनमै विजयी भएको हो ।८-१ बाट चौथो दिनको खेल अघि बढाएको पाकिस्तानले थप १७८ रन जोड्दै ९ विकेट गुमायो ।

पाकिस्तानका लागि अजर अली र जफर गोहरले समान ३७ रन बनाए । यस्तै फहिम अस्रफले २८ र अबिद अलीले २६ रन जोडे । पाकिस्तानलाई अलआउट गर्न न्युजिल्याण्डका केल जेमिसनले २० ओभरमा ६ मेडन राख्दै ४८ रन खर्चेर ६ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले ३ विकेट लिए । कप्तान केन विलियम्सनले १ विकेट लिए ।

क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा २९७ रन बनाएको थियो । कप्तान विलियम्सनको दोहोरो शतक तथा हेनरी निकोल्स र डाएल मिचेलको शतक मद्दतमा न्युजिल्याण्डले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ६५९ रन बनाउदै इनिङ्स डिक्लेयर गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *