सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीले दिए राजीनामा
Published: (Updated: )
by .कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले पदबाट राजीनामा दिएका छन् ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरका हुन् ।
विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको पनि उनले बताए । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।
Comments