बाबुराम भट्टराई भन्छन्- ओली इमानदार तानाशाह
Published: (Updated: )
by .काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन् ।
झापा विद्रोहपछि जेलबाट निस्केका ओली त्यसपछिका दिनमा सधैं परिवर्तन विरोधी रहेको भट्टराईको आरोप छ ।
नेकपा प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओली गणतन्त्रदेखि संघीयतासम्मको विरोधी भएको आरोप लगाए ।
‘केपी ओली सबै परिवर्तनका विरोधी हो । नेकपाका साथीहरूले अहिलेसम्म कसरी बोकेर यहाँसम्म ल्याउनुभयो ?,’ उनले प्रश्न गरे, ‘यो कुरा उहाँले लुकाउनुभएको छैन, त्यसकारण उहाँ इमान्दार तानाशाह हो ।’
प्रधानमन्त्री ओलीले पुस ५ मा नियोजित ढंगले प्रतिनिधि सभा भंग गरेको पनि उनको भनाइ छ । अस्थिरतामा खेल्न चाहेकाहरूको मतियारका रूपमा प्रधानमन्त्री ओली देखिएको उनले बताए ।
उनले प्रतिनिधिसभा अझै पनि जीवित रहेको बताएका छन् । दुई तिहाइ सरकार चलाउन नसक्नेल अब चुनाव नगराउने पनि भट्टराईको भनाइ थियो । उनले थपे, ‘केपी ओली राजनीतिक क्यान्सर हुन् ।’
Comments