कतारमाथिको नाकाबन्दी हटेकोमा नेपालद्वारा स्वागत
Published:
by .काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने निर्णय गरेकोमा स्वागत गर्दै यसलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएको छ ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘सो कदमले काउन्सिलका सदस्य मुलुकहरुको बीचमा रहेका महत्वपूर्ण विषय हल गर्न र सो क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्नेछ ।’
मन्त्रालयले जिसीसीका सबै मुलुकहरुसँग राम्रो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विकासको शुभेच्छा राखेको समेत उल्लेख गरेको छ ।
साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा भएको जीसीसी सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
Comments