Sajhamanch Archive

५५४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ८५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ९ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *