Sajhamanch Archive

आदर्श माविद्वारा महिला क्रिकेट खेलाडीलाई सम्मान

Published: in विविधा by .

मेचीनगर । दाङ्गको लमहीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको विजेता टिम प्रदेश नम्बर १ का खेलाडीलाई आदर्श माविले सम्मान गरेको छ । गत आईतबार भएको फाईनल खेलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको थियो ।

मेचीनगर–८ स्थित आदर्श मावि आयावारीले सोही विद्यालयमा अध्यायनरत विजेता टिम प्रदेश नम्बर १ की महिला क्रिकेट खेलाडी एलिसा खडिया र लखिता राजवंशीलाई जनहि पाँच हजार नगदसहित खदा ओढाएर सम्मान गरेको छ । एलिसा र लखिता आदर्श माविमा कक्षा १२ मा अध्यायनरत विद्याथी हुन् ।

विद्याथीहरुलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि हौसला मिलोस भनेर थोरै भएपनि नगद सहित सम्मान गरेको आदर्श मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोख्रेलले बताए । उनले भने हामीले खेलकुद क्षेत्रसहित अन्य क्षेत्रमा पनि हाम्रो विद्यालयबाट प्रतिनिधित्व गर्ने विद्यार्थीलाई विद्यालयले निःशल्क अध्यायनको ब्यवस्था गर्न छात्रबृत्तिको ब्यवस्था पनि गरेको बताए ।

यता सम्मानित भएपछि खुशी हँुदै एलिसा र लखिताले आफुहरुमा थप जिम्मेवार थपिएको बताए । उनिहरुले भने हाम्रो सफलतामा खेल प्रशिक्षक, विद्यालय परिवार टिम व्यवस्थापनको ठुलो भूमिका रहेको भन्दै आगामी दिनमा अझ लगनशिल भएर खेल क्षेत्रमा लाग्ने बताए ।

विद्यालय परिसरमा शुक्रबार बिहान आयोजना भएको सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोख्रेल, प्रअ कृष्ण पुरी, सहायक प्रअ देवराज गिरी, खेल प्रशिक्षक बिरु श्रेष्ठ, कृष्ण प्राविका शिक्षक तथा सम्मानित खेलाडी एलिसा खडियाकी मामा दशरथ खडिया शिक्षक हेमेन्द्र निरौलालगायले सम्मानित खेलाडीलाई खदा र अबिर लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा शिक्षक शिक्षीकासहित विद्यालयमा अध्यायनरत निद्याथीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *