Sajhamanch Archive

कांग्रेसको बैठक सर्‍यो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसको यही पुस २७ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठक माघ ६ गतेका लागि सारिएको छ ।

प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको राखेको छ । २५ गतेको प्रदर्शनमा नेताहरु सहभागी हुने भएकाले फर्कन समय लाग्ने भन्दै कांग्रेसले बैठक स्थगित गरेर माघ ६ गतेका लागि डाकेको हो ।

२५ गते प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनका लागि जाने नेताहरु माघ ३ गतेको गाउँ/नगरपालिकामा विरोध प्रदर्शनपछि मात्र फर्कने भन्दै बैठक ६ गतेका लागि सारिएको हो । कांग्रेसले माघ ८ गते स्थानीय तहका ६ हजार ७४३ वडामा प्रदर्शनको तयारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *