Sajhamanch Archive

कोरोनाले थलिएको पर्यटकीय क्षेत्र चलायमान बन्दै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

शिवसताक्षी । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण थलिएको पर्यटन क्षेत्र अवस्था सामान्य भएसँगै चलायमान बनेको छ ।

झापा शिवसताक्षीमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा यतिबेला आन्तिरक पर्यटकहरुको घुइचो लाग्न थालेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखा विगत ९ महिना सुनसान बनेको थियो । तर लकडाउन खुल्ला भएपछि एका एक पर्यटकहरुको घुइचो लाग्न थालेको हो ।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटले दोमुखामा पर्यटन प्रवद्र्धन लागि विभिन्न योजनाका कामहरु भएका छन् । कोरोनाका कारण गरिएको लकडाउनको सदुपयोग गर्दै दोमुखा पर्यटन विकास संस्थाले पार्कको स्वरुप परिवर्तन गरेपछि पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको हो । पर्यटन विकास व्यवस्थापन संस्थाले दोमुखामा असोज १ गतेबाट पूर्ण रुपमा आवागमन खुल्ला गरेको थियो ।

पर्यटन प्रवद्र्धनका लागि दोमुखामा शिवसताक्षी नगरपालिकाले यस अघि नै गुरु योजना तयारी गरी काम सुरु गरेको थियो । हाल प्रदेश सरकारको बजेटबाट विभिन्न संरचना निर्माण गरी गुरु योजनालाई थप बल पुगेको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले बताए । उनले गएको वर्ष निर्माण गरिएको चिल्ड्रेन पार्कको फुलबारी र गार्डेन बनाउन बाँकी रहेता पनि माइ खोला कटानबाट बनाइएको संरचना बचाउन तटबन्धनको काम सुरु गरिएको समेत जानकारी दिए ।

पर्यटकको सुरक्षाका लागि दोमुखामा घेराबारा गरिएको छ । प्रदेश सरकारबाट विनियोजित ५० लाखको लागतमा पूर्ण कदको बुद्धको मुर्ति, हात्ती, जेब्रा, चिम्पान्जीहरुको स्ट्याचु राखिएको छ । जसमा स्टिलको रेलिङ, तार जालीले घराबारा समेत गरिएको नगर बहुसाँस्कृतिक उद्यान अन्तर्गतको बजेटबाट उक्त स्ट्याचुहरुको बनेको दोमुखा धार्मिक विकास पर्यटकीय विकास व्यवस्थापन संस्थाका अध्यक्ष धनप्रसाद लावती बताउँछन् ।

बहुसाँस्कृतिक उद्यानका लागि आएको बजेटलाई दमुखामा आउने पर्यटकका लागि विभिन्न प्रकारका स्ट्याचुहरु निर्माण गरिएको अध्यक्ष लावतीले जानकारी दिए । लावतीले भने, बहुसाँस्कृतिका उद्यानका लागि काम गर्दा पहिले विभिन्न जातजातिका सांस्कृतिक झल्कने प्रतिमाहरु राख्नका लागि घेराबारा र सुरक्षाका लागि धेरै रकम खर्च हुने भएकाले पर्यटन बोडले त्यसलाई बहु आयामिक तरिकाले पर्यटकलाई मनोरञ्जनका दिन हालको संरचना बनाइएको हो । उनका अनुसार कोरोना भाइरसले केही समय पर्यटनहरु अघिल्लो वर्षहरुको भन्दा घटे पनि हाल दैनिक रुपमा ५ सय देखि १ हजारसम्म मनोरन्जनका लागि आउने गरेका छन् । विशेष गरी शनिबार पिकनिक खानका ७० देखि ७५ ठूला बस र साना गाडीहरु आउने गरेको बताइएको छ ।

दोमुखामा अघिल्लो आ.व.मा प्रदेश सरकार र शिवसताक्षी नगरपालिकाबाट विनियोजन १ करोडको लागतमा निर्माण भएको चिल्ड्रेन पार्क पनि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । चिल्डे«न पार्कमा सर्वसाधारणका लागि खुल्ला गरिएपनि बजेट अभावका कारण गार्डेन तथा केटाकेटीको लागि निर्माण गरिएको रेलको लिख बनाउन नसक्दा पार्क अपुरो देखिएको अध्यक्ष लावतीले जानकारी दिए ।

चालु वर्षमा शिवसताक्षी नगरपालिका दोमुखामा पर्यटकका लागि स्विमिङ पुलको निर्माण कार्य सुरु गरेको छ। जसमा नगरबाट विनियोजित ५४ लाखको बराबरको काम सम्पन्न भएको छ । सो स्विमिङ पुल करिब ४ करोडमा सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । भिमेश्वर कन्स्ट्रसन निर्माण कम्पनीले उक्त स्विमिङ पुल निर्माणको जिम्मा पाएको हो ।

पर्यटक क्षेत्र दोमुखाले धेरै वर्ष पछि मुहार फेर्न थालेको स्थानीय सूर्य कुँवर बताउँछन् । जनप्रतिनिधि आएपछि यस क्षेत्रमा केही आशा लाग्दा काम भएका छन् । उनले भने, तर यतिले मात्र यस क्षेत्रका लागि पर्याप्त हुँदैन ।

अघिल्लो केही वर्षहरुमा झापाका अन्य पर्यटक क्षेत्रमा भन्दा न्यून रुपमा देखिएको पर्यटकको आगमन यस क्षेत्रमा आउँदा वर्षहरुमा बढ्ने देखिएको छ । शिवसताक्षी नगरपालिका चिल्लागढधाम, दोमुखा पर्यटकीय क्षेत्र र सताक्षीधाम गरी त्रिधामका रुपमा चिनिएको नगरले पर्यटन प्रवद्र्धनमा अझ काम गर्न सके समृद्ध नगर निर्माणका लागि टेवा पुग्ने देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *