Sajhamanch Archive

बिर्तामोड मिडटाउन रोटरी र रोट्रयाक्टमा पदस्थापन

Published: in समाज by .

बिर्तामोड । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने अन्तरास्ट्रिय नाराका साथ बिर्तामोड रोटरी र रोट्रयाक्ट मिडटाउनमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

‘रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको पाँचौ, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको चौथो र इन्ट्राक क्लव अफ देवभूमि’को दोश्रो पदस्थापन कार्यक्रम संयुक्त रुपमा सोमबार सम्पन्न भएको हो ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको अध्यक्ष पदमा शुभ कुमाई पाठक, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको अध्यक्षमा सन्नी गोयल र इन्ट्राक क्लव अफ देवभूमिका अध्यक्षमा देव शर्मा चयन भएका छन् ।

कार्यक्रममा उच्च मनोबलसहित स्थापना भएको क्लबले छोटो समयमै समाजमा उदाहरणका रुपमा प्रस्तुत भएको भन्दै डिष्ट्रिक गभर्नर चिन्तामणि भटराईले प्रशंशा गरेका थिए ।

कार्यक्रमका प्रमुख अथिति डिस्ट्रिक गभर्नर भट्टराईले २०१८/१९ का अध्यक्ष शुभ कुमाई पाठकलाई माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत रोटरी सामग्री हस्तान्तरण गरेका थिए ।

जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ति मन्तव्यका क्रममा अध्यक्ष पाठकले आफ्नो टिमको परिचय र पदस्थापन गराएकी थिइन् ।

सोही कार्यक्रममा रोट्रयाक्ट क्लव बिर्तामोड मिडटाउनका सस्थापक अध्यक्ष शरद जोशीले वर्ष २०१८/१९ का अध्यक्ष सन्नी गोयललाई माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत रोट्रयाक्ट सामग्री हस्तन्तरण गर्दै पद तथा जिम्मेवारी प्रदान गरेका थिए ।

जिम्मेवारी ग्रहण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष गोयलले आफ्नो टिमको परिचय र पदस्थापना गराएका थिए ।

इन्ट्राक क्लव अफ देवभूमिका अध्यक्षमा देव शर्मालाई भने रोट्रयाक्ट क्लव बिर्तामोड मिडटाउनका वर्ष २०१७/१८ का अध्यक्ष प्रियंका शर्माले माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत इन्ट्राक सामग्रीका साथ पद तथा जिम्मेवारी हस्तान्तरण गरेकी थिइन् ।

जिम्मेवारी ग्रहण पश्चात अध्यक्ष देव शर्माले पनि आफ्नो टिमको परिचय र पदस्थापन गराउँदै स्वीकारोक्ति मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *