Sajhamanch Archive

भारतको अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

Published: in विश्व समाचार by .

एजेन्सी । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो ।

आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ ।

जानकारीका अनुसार उक्त वार्डमा करिब १७ शिशु भर्ना गरिएको थियो । यहाँ नाजुक स्थितीमा भएका बच्चालाई राखिन्छ । सबैभन्दा पहिले एक नर्सले वार्डबाट धुँवा निस्किएको देखिन् । त्यसपछि उनले तुरुन्त अस्पताल अधिकारीलाई यसको जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *