Sajhamanch Archive

बुधबारे जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by .

बुद्धशान्ति । बुधबारे जेसीजको आठौं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।

बुधबारे जेसीज बर्ष २०२० का अध्यक्ष जेसी नन्दु राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल रहेका थिए ।

पद हस्तान्तरण समारोहमा जेसीजले विवेचना दैनिकका सह सम्पादक तीर्थ तिम्सिनासहित बर्ष उत्कृष्ट जेसीका रुपमा बिनोद रिजाल, जग्गादाता ज्ञानेन्द्र घिमिरे, कोरोना कहरमा महत्त्वपूर्ण भूमिका खेल्ने एम्बुलेन्स चालक रविन खतिवडा लगायतलाई सम्मान गरेको छ ।

उक्त अवसरमा वर्ष २०२१ को लागि जेसी अनिल वाग्लेको नयाँ कार्य समितिलाई पद हस्तान्तरण गरिएको छ ।

उनले महासचिवमा सुजित बराल, कोषाध्यक्षमा मुकेश भट्टराई र कानुनी सल्लाहकारमा गजुहाङ योङ्याहाङ लगायत ३१ जनालाई मनोनित गरेका छन् । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेलले बुधबारे जेसिजले गरेको कामको प्रशंसा गरेका छन्।

प्रमुख अतिथि भुजेलले पदभार ग्रहण गरेका सबै जेसीहरुलाई सफल कार्यकालको शुभकामना दिए । उनले बुद्धशान्तिलाई चिनाउन अनुरोध गर्दै यसका लागि गाउँपालिकाले युवासँग सहकार्य गर्ने समेत बताए ।

जेसी गजुहाङ योङ्याहाङको संयोजकत्वमा भएको कार्यक्रममा जेसी अर्जुन ढकालले जेसीज आस्था बाचन गरेका थिए भने सञ्चालन २०२० का महासचिव दीपेन सिटौला र कार्यकारिणि उपाध्यक्ष गोकुल पौडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *