Sajhamanch Archive

प्रदेश १ र २ मा आंशिक बदली, जाडो बढ्ने पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका विभिन्न भूभागमा मौसम बदली भइ जाडो बढ्ने बताएको छ ।

महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ ।

महाशाखाले आज बिहान मौसमसम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *