कमल गाउँपालिकाद्वारा नागरिकलाई सिरक र पोषिलो खानेकुरा बितरण
Published:
by .कमल । कमल गाउँपालिकाकाले गाउँगाउँमा पुगेर ज्येष्ठ नागरिकलाई चिसोबाट जोगिनका लागी सिरक र पोषिलो खानेकुरा बितरण गरेको छ ।
गाउँपालिकामा स्थायी वसोवास गर्दै आउनु भएका ८५ वर्ष भन्दा माथि उमेर समुहका ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउनका लागि सिरक र पोषिलो खानेकुरा वितरण गरिएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
गाउँपालिकाले वडा नम्मर २ र ४ को टोलटोलमा पुगेर सामान वितरण गरिसकेको र अन्य वडामा समेत छिट्टै वितरण गरिने महिला तथा वालवालिका शाखामा प्रमुख रेनुका गौतमले जानकारी दिइन् ।
गौतमका अनुसार हाल कमल गाउँपालिकामा २ सय ७० जना भन्दा बढी ज्येष्ठ नागरिक रहेका छन् ।
Comments