Sajhamanch Archive

ऋतिकको जोडी दीपिका

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण पहिलो पटक सिल्भर स्क्रिनमा एकसाथ देखिने भएका छन् । ‘वार’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’ मा उनीहरुको जोडी बाँधिएको छ ।

आइतवार ऋतिकको जन्मदिनमा अवसरमा यो फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो । निर्देशक अनन्दले एक भिडियोमार्फत् फिल्मको घोषणा गरेका हुन् ।

ऋतिकले फिल्मको मोसन पोस्टर शेयर गर्दै इन्स्टामा लेखेका छन्, ‘मारफ्लिक्स भिजनको ‘फाइटर’ को एक झलक प्रस्तुत गर्दछु । दीपिका पादुकोणसँग मेरो पहिलो उडान हुनेछ । म यो ठूलो सफरका लागि पूर्ण रुपमा तयार छु, सिद्धार्थ आनन्द ।’ उनले फिल्मको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् । फिल्मको मोसन पोस्टरको भिडियोमा ऋतिकको आवाज सुन्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *