Sajhamanch Archive

तेस्राे टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने भएको छ ।

४०७ रनको लक्ष्य पछ्याएको भारतले चौथो दिनको समाप्तीमा २ विकेट गुमाएर ९८ रन बनाएको छ । अब अन्तिम दिन भारतले जितका लागि ३०९ रन बनाउनु पर्नेछ । रोहित शर्मा ५२ र शुभमन गिल ३१ रन बनाएर आउट भए । चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहाने ४ रन बनाएर खेलिरहेका छन् ।

१०३-२ बाट चौथो दिनको खेल थालेको घरेलु टोली अष्ट्रेलियाले ३१२-६ मा दोस्रो इनिङ्स डिक्लेर गरेपछि भारतले ठूलो लक्ष्य पाएको हो । अष्ट्रेलियाका लागि मार्नुस लाबुसचेन, स्टिभ स्मिथ र क्यामरुनले ग्रीनले अर्धशतक प्रहार गरे ।

ग्रीनले सर्वाधिक ८४ रन बनाउँदा स्मिथले ८१ र लाबुसचेनले ७३ रन बनाए । कप्तान टिम पेन ३९ रनमा अविजित रहे । भारतका लागि बलिङमा नवदीप सैनी र रविचन्द्रन आश्विनले २-२ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *