Sajhamanch Archive

तोलामा ८ सयले घट्यो सुनको भाउ

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । सुनचाँदीको भाउ घट्नेक्रम सोमबार पनि जारी रहेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पुनः ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । हिजो आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा ८०० ले घटेर तोलाको ९१ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो तोलाको ९२ हजार ५०० कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले झरेर १२ सय ३० रुपैयाँमा आइपुगेको छ । हिजो १२ सय ७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *