Sajhamanch Archive

सिनेमा हल खुलाउने सरकारको निर्णय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

कोरोनाका कारण सरकारले सिनेमा हल सञ्चालनमा लगाएको प्रतिबन्ध १० महिनापछि खुल्ला गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड अपनाएर सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएको हो । केही दिनअघि सीसीएमसीले सिनेमा हललाई सञ्चालनको अनुमति दिन मन्त्रीपरिषद्लाई पत्र लेखेको थियो ।

९ महिनासम्म सरकारले सिनेमा हल खोल्न कुनै चासो नदेखाएपछि गएको पुष १० गतेबाट हल व्यवसायी तथा वितरकहरुको संस्था नेपाल चलचित्र संघले देशभरका सिनेमा घर खोल्ने स्वः घोषणा गरेको थियो ।

सरकारले अनुमति दिनुभन्दा अगावैदेखि सिनेमा घरहरु सञ्चालनमा थिए । अब सरकारले नै सिनेमा हल खुलाउने निर्णय गरेपछि हल व्यवसायीहरुलाई ठूलो राहत मिलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *