Sajhamanch Archive

कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुन्छ : मन्त्री त्रिपाठी

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुने बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताए । जीटूजी प्रक्रिया प्राथमिकतामा रहेको भन्दै उनले भने, ‘जे जति विकृतिको आशंका भइरहेको छ, त्यसलाई झुटो सावित गर्छौं ।’

आफूले भारत, रुस र यूएईका राजदूतसँग कुराकानी गरेको भन्दै उनले कोरोना खोपका लागि राजनीतिक प्रभावहरुलाई समेत प्रयोग गरिरहेको बताए । ‘खोप छिटोभन्दा छिटो अरु सरह नै ल्याउने प्रयास भइरहेको छ’ उनले भने ।

उनकाअनुसार खोपका लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी छ ।

                                                                                                          अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *